यी तीन प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार, दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश–१ र गण्डकीमा राति पनि हल्का हिमपातको सम्भावना छ ।
प्रदेश नं १ को पहाडी भू–भागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा भने तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
