बागमती प्रदेशको कृषि मन्त्रालयमा टोलफ्रि नम्बरको सुरुवात

तु खबर संवाददाता
२०७९ फाल्गुन १०, बुधबार १७:०६

मकवानपुर । बागमती प्रदेशको कृषि मन्त्रालयमा टोलफ्रि नम्वरको सुरुवात गरिएको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशब प्रसाद पोख्रेलले आज एक कार्यक्रमबीच टोलफ्रि नम्वरको उद्घाटन गरेका हुन् ।

अब प्रदेशभरीका किसानहरुले आ–आफ्ना समस्या मन्त्रालयमा सिँधै पैसा नलाग्ने नम्वरमा फोन गरेर टिपाउन सक्नेछन् । किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरुको समस्या सुन्नको लागि निःशुल्क सेवाको रुपमा ‘टोल फ्रि नम्वर’ को सुरुवात गरेको हो ।

मन्त्रालयप्रति किसान वा सरोकारवालाले टोल फ्रि नम्बर १८१०५००००११ नम्वरमा निःशुल्क रुपमा फोन गरेर आफ्ना समस्या, गुनासोहरु टिपाउन सक्नेछन् । यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ ।