मकवानपुरकी अधिकारीको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन ९, मंगलवार ०९:११
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक जनाको मृत्यु भएको छ । हात्तिको आक्रमणबाट गम्भीर घाइते भएकी मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको हो ।

सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी अधिकारीलाई हात्तीले आक्रमण गर्दा घाइते भएकी थिइन् । घाइते उनलाई हेटौंडाको चुरेहिल अस्पतालमा उपचार पश्चात थप उपचारको चितवनको नयाँ मेडिकल कलेजमा लागिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा सोमबार साँझ नै मृत्यु भएको जनाइएको छ ।