राष्ट्रपतिबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्न लागेको हो ।
बैठक अपराह्न साढे ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत हुन सकेको छैन ।
