ट्रकको ठक्करबाट एक जनाको मृत्यु, मकवानपुरका गोम्बा पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन २, मंगलवार १८:५४
सांकेतिक तस्वीर

वीरगञ्ज । वीरगञ्जमा ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरापालिका–२० अपौनीका नागेन्द्र ठाकुर रहेका छन् ।

सोमबार राति करिब साढे ७ बजेतिर वीरगञ्ज–२० स्थित अपौनी चोकमा उनलाई ट्रकले ठक्कर दिएको थियो । बहुअरीबाट परवानीपुरतर्फ गइरहेको बा प्र ०३–००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनीस्थित घर फर्कदै थिए ।

अपौनी चोकबाट साइकललाई दायाँ मोड्दै गर्दा ठाकुरलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । ठाकुर सडक किनारमा रहेको सिमेन्ट रेलिङमा च्याप्पिइ गम्भिर घाइते भएका थिए । घाइते उनलाई उद्दार गरेर नारायणी अस्पताल पुर्‍याएको थियो । चिकित्सक टोलीले ईसिजी लगायतको चेकजाँच पछि ठाकुरको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

प्रहरीले ट्रकसहित चालक मकवानपुरको थाहा नगरपालिका–४ पालुङ घर भएका ३३ वर्षीय रमेश गोम्बालाई पक्राउ गरेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।