रेडियो थाहाको सप्ताहव्यापी कार्यक्रम सुरु, पहिलो दिन सरफाई

तु खबर संवाददाता
२०७९ फाल्गुन १, सोमबार १८:३८

हेटौंडा । बन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सोमवारबाट सुरु गरेको छ ।

रेडियोले १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा साताव्यापी कार्यक्रमको पहिलो दिन रेडियो परिसर सरसफाई कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले उद्घाटन गरेर शुरु गरिएको हो ।

साताव्यापी कार्यक्रमको पहिलो दिनको उद्घाटन गर्दे वडा अध्यक्ष सिग्देलले रेडियो थाहासञ्चारले १५ वर्ष पुरा गरेर १६ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामनासमेत व्यक्त गरे । रेडियो थाहासञ्चारले रेडियो परिसरमा सरसफाई गर्नुका साथै अजरअमर रोडसमेत सरसफाई गरेको छ ।

यसैगरी, कार्यक्रमको दोस्रो दिन मंगलवार फागुन २ गते विहान ११ बजे रेडियो परिसरमा श्रोता मिलन कार्यक्रम, फागुन ३ गते विहान ११ बजे सम्झनामा रुपचन्द्र विष्ट बिषयक अन्तरक्रिया कार्यक्रम, ४ गते बृहत रक्तदान कार्यक्र, फागुन ५ गते ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तत्रिmया कार्यक्रम, ६ गते मकवानपुरे सञ्चारकर्मीबीच घैंटो फुटाई खेल प्रतियोगिता हुनेछ भने अन्तिम दिन फागुन ७ गते पुरस्कार तथा प्रमाणपत्र वितरण, थाहा वर्ष सम्मान लगायत विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सब समापन समारोह हुने रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिए ।