मकवानपुरमा भिरबाट लडेर लामाको मृत्यु
मकवानपुर । मकवानपुरमा भिरबाट लगेर गएराति एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ डाँडाघर बस्ने ५३ वर्षीय तिर्थ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, गएराति ११ बजेको समयमा छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट अन्दाजी ४० मिटर तल खसी लामाको मृत्यु भएको हो ।
मृतक लामाको शव आज बिहान साढे १ बजेको समयमा भेटिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
