दुर्घटनामा परेर दुई जनाको मृत्यु
काठमाडौं । रुपन्देही र रौतहट जिल्लामा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा रोकिराखेको ट्रकमा बस ठोक्किंदा र रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति बुटवलबाट भैरहवा जाँदै लु २ ख ६०३८ नम्वरको बस अञ्चलपुर भन्ने स्थानमा सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतयु हुनेमा बसका सहचालक तनहुँको भिमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारी रहेका छन् ।
यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश–०४–००१ प ३५५७ नम्वरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिंएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय किरण लामा घिसिङ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा आइतबार बेलुकी सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
