हेटौंडामा सवारी दुर्घटना

तु खबर संवाददाता
२०७९ माघ २२, आईतवार १०:३६

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ संसारले पुल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा भएको छ ।

पथ्लैयाबाट चितवनतर्फ आउँदै गरेको बा.प्र.०३–००१ च १९४६ नम्वरको पिकअप बोलेरो गाडी आँफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दुर्घटनामा परेर गाडीमा लोड १२० पेटि (२५३८० पिस) अण्डा पुर्ण रुपले क्षति भएका छ । दुर्घटनामा परेर मानवीय क्षती भने भएको छैन ।

पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा शनिबार दुई जना मृत अवस्थामा फेला परेका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत अवस्थामा फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए ।

त्यसैले, उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।