माओवादी निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी चयन

तु खबर संवाददाता
२०७९ माघ ११, बुधबार १७:२४

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी चयन भएका छन् । अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले प्यूठानका एमसीलाई प्रवक्ता चयन गरेको हो ।

पदाधिकारी बैठकको परिपत्र मंगलबार सार्वजनिक भएपछि संगठनका उपाध्यक्ष एमसीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा जिपी मैनाली थिए । एमसी लामो समय विद्यार्थी राजनीतिमा सक्रिय थिए ।