सभामुखमा उम्मेदवारी दर्ता आज हुँदै
काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार, आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको निर्वाचन गर्ते तयारी गरिएको सचिवालयले जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ । बुधबार ४ः१५ बजे नै उम्मेदवारहरूको सूची सार्वजनिक हुनेछ ।
प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।
