विमान दुर्घटना अपडेट : मृतकको शव भोलि परिवारलाई बुझाइने

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १८:१७
file-photo

पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव भोलि परिवारलाई बुझाइने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

शाहीका अनुसार, पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने छ ।

आइतबार बिहान ७२ जना सवार यति एयरलाइन्सको विमान अन्दाजी ११ः०० बजेको समयमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान बिहान १०ः ३२ मिनेटको समयमा काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको थियो ।