माधव नेपालद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १५:५७
file-photo

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो ।

दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्धार गर्न अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उक्त विमानमा चालक दलका ४ जना सदस्यसहित ७२ यात्रु सवार थिए । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनामा परेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा परेर हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।