आन्तरिक उडानका सबै विमान परीक्षण गर्न सरकारको निर्देशन
काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनापश्चात आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले सो निर्देशन दिएको हो ।
बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार, यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।
बिहान काठमाडौंबाट पोखराको लागी ६८ यात्रु र चार जना चालकसहित उडेको विमान पोखरा विमानस्थल नजिक दुर्घटना ग्रस्त भएको छ । जसमा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
