भोलि देशभर सार्वजनिक विदा
काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ । पोखरामा भएको विमान दुर्घटनामा लगत्तै बसेको मन्त्रिपरिषदको बैठक बसेर भोलि माघ २ गते शोक विदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता विष्णु पौडेलका अनुसार, मन्त्रिपरिषदको बालुवाटारमा बसेको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनामा शोक विदा दिने निर्णय गरेको हो ।
त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजको सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराको लागी ६८ यात्रु बोकेर उडेको विमान पोखरा विमानस्थल नजिक दुर्घटना ग्रस्त भएको छ । जसमा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
