मलेसियामा एक नेपालीको ज्यान गयो

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक जना नेपालीको गएराति ज्यान गएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशीको ज्यान गएको हो ।
रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै ज्यान गएको उनका आफन्त हरि जोशीले जानकारी दिए ।
जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । मृतक जोशी विगत ५ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।