‘अधिकारबाट बञ्चित गराए कानुनी उपचार खोज्ने फुटबल क्लबहरुको चेतावनी
मकवानपुर, २० पुस । मकवानपुर जिल्ला फुटबल संघको यही पुस २७ गते हुन गइरहेको साधारणसभा तथा अधिवेशनमा केबल ९ वटा क्लबहरुलाई मात्र सहभागी हुने अधिकार दिइएको भन्दै मकवानपुरका असन्तुष्ट र पीडित फुटबल क्लबहरुले विरोध जनाएको छ ।
मकवानपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै फुटबल क्लबका अध्यक्ष तथा सदस्यहरुले साधारणसभामा सहभागी हुन पाउने आफ्नो अधिकार खोखिएमा कानुनी उपचारको बाटोमा समेत लाग्ने चेतावनी दिएका छन् । उनीहरुलाई अधिकार नदिइए २७ गते हुने भनिएको अधिवेशनलाई बिथोल्ने चेतावनी समेत दिएका छन् ।
प्रतिभा क्लब, मकवानपुर सिटि युनाईटेड, चौघडा फुटबल क्लब, ७ नम्बर फुटबल टिम, हालसालै भएको लिगको उपविजेता एफसी नामटार, पूर्व उपविजेता एफसी बाग्मती गाउँपालिका, एफसी मल्टिभिजन लगायतको फुटबल टिमले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
केही महिना अघिमात्र सम्पन्न जिल्ला लिग फुटबलमा सहभागी तथा बिगतदेखि नै निरन्तर रुपमा सक्रिय रहेको फुटबल क्लबहरुलाई समेत अधिवेशनबाट बञ्चित गराइएको उनीहरुको आरोप छ । यस सम्बन्धमा तु खबरलाई प्रतिकृया दिँदै सहभागी हुन नपाउने सूचिमा परेका क्लबहरु मध्येका एक प्रतिभा क्लबका अध्यक्ष लवराज ठकुरीले आफुहरुले कानुनी रुपमै फुटबल संघमा दर्ता भई दस्तुर समेत तिरेर नविकरण समेत गराएको भन्दै साधारणसभामा भाग लिन पाउनु आफुहरुको अधिकार भएको दाबी गरे । उनले एन्फाद्वारा जारी अधिवेशन निर्देशिका नै दोधारे र अस्पष्ट भएको बताए ।
असन्तुष्ट टिमले अधिवेशनमा सहभागी हुन पाउँ भोलि जिल्ला खेलकुद विकास समितिमा समेत लिखित पत्र दिने निर्णय गरेको छ ।
यसै सम्बन्धमा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले तु खबरलाई प्रतिकृया दिँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको निर्देशिका अनुसार कार्य गर्नुपर्ने भएकोले ती क्लबहरुले सहभागी हुन नपाएको बताए । यस विषयमा आफु समेत दुःखी भएको भन्दै उनले केन्द्रको निर्देशिकालाई मान्नुपर्ने भएका कारण आफुहरु यो निर्णयमा पुगेको स्पष्ट पारे । ‘सबै क्लबलाई समेटुँ भन्ने हाम्रो पनि चाहाना हो, तर केन्द्रको निर्देशिकाले हामीलाई समेत यस्तो निर्णय गर्न बाध्य बनाएको हो ,’–उनले भने ।
यसमा कुनै राजनीति नभएको र निर्देशिकाकै कारण आफ्नै क्लब (सानोपोखरा क्लब) समेत अधिवेशनमा सहभागी हुन नपाएको श्रेष्ठले जानकारी दिए ।
एन्फाबाट अधिवेशनका लागि जारी निर्देशिकाको बुँदा नम्बर १ मा अधिवेशनमा सहभागी हुनका लागि वि.सं. २०७० सालको अधिवेशनमा सहभागी भई दुई पटक जिल्ला लिगमा सहभागी भएको क्लबहरुमात्र योग्य हुने बताएको छ भने बुँदा नम्बर २ मा भने २०७० को अधिवेशनमा सहभागी नभएको तर जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिगमा कम्तिमा एक पटक विजयी भएको र कम्तिमा २ वटा जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएको क्लब सहभागी हुन पाउने प्रावधान राखेको छ ।
हेर्नुहोस् एन्फाद्वारा जारी निर्देशिका :


