दुर्घटनामा परेर मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष १७, आईतवार ०८:१४
File Photo

रौतहट । रौतहटमा शनिबार साँझ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्वरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा प्रसाद साह र सोही पालिकाका वडा नं. २ का ६५ वर्षका गौकरण यादव रहेका छन् । मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए । घाइते उनीहरुको सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।