माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

तु खबर संवाददाता
२०७९ पुष १६, शनिबार १६:१३
File Photo

धनगढी । कैलालीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–६ बनबेहडामा पूर्व–पश्चिम राजमार्गमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको सु प प्र ०२००१ ज ४०६ नम्वरको माइक्रो बस दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर लम्कीचुहा नगरपालिका–१ का कर्मा प्याकुरेलको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्याकुरेलको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

माइक्रोबसमा १८ जना सवार थिए । जसमध्ये ६ जना घाइते भएका छन् भने ११ जनाको अवस्था सामान्य छ । उनीहरूको अत्तरियास्थित पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।