जिप दुर्घटनामा परेर एक जनाको मृत्यु, २ घाइते

तु खबर संवाददाता
२०७९ पुष १६, शनिबार १०:४७
सांकेतिक तस्वीर

बुटवल । बुटवलको अस्पताल लाईनमा शुक्रबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका वडा नं १ का २८ वर्षिय रोशन गिरी रहेका छन् । उक्त जिप अनियन्त्रीत भई पल्टिदा भएको दुर्घटनामा हुँदा गिरीको मृत्यु भएको हो ।

सोही दुर्घटनामा परेर दुई जना घाइते २९ वर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन् । घाईते मध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार, तिव्र गतिमा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर विपरित दिशामा पुगेको थियो । सडकको एउटा किनारबाट अर्को किनारमा पुगेको उक्त जिपले ठक्कर दिँदा सडक किनारमा रहेको बिजुलीको पोल समेत भाच्चिएको प्रहरीले जनाएको छ ।