कांग्रेस बागमती प्रदेश संसदीय दलको मतदान सकियो
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मतदान सकिएको छ । कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडामा स्थापना गरिएको मतदानस्तलमा भर्खरै मतदान सकिएको हो ।
मतदान प्रक्रिया सकिएको भएपनि कति मत खस्यो भन्ने विषयमा एकिन जानकारी आइनसकेको छैन । उम्मेदवारहरुको सहमतिमा केही बेरमा नै मत गणना प्रक्रिया सुरु गरिने र मत परिणाम आजै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
यसअघि बिहान भएको उम्मेदवारी दर्ताका क्रममा मकवानपुरबाट ईन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामाले दलको नेतामा उम्मेदवारी दर्ता गरेका थिए । बानियाँलाई संसदीय दलको नेतामा प्रभात तामाङ र छिरिङ दोर्जे लामाले प्रस्ताव र समर्थन गरेका छन् भने लामालाई दोलखाका कुन्दनराज काफ्लेले प्रस्ताव गरेका छन् भने अन्य ५ जना सदस्यहरुले समर्थन गरेका छन् ।
