दुर्घटनामा परेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष १२, मंगलवार ०८:४७
सांकेतिक तस्वीर

बझाङ । बझाङमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतयु हनुेमा छबिसपाथीभेरा–५ का चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । प्ररहीका अनुसार, झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको थियो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।