दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १५:१५

पाल्पा । पाल्पामा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेको टिप्परले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।