उपप्रधानमन्त्री नारायणकाजीलाई बनाउने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले आफ्नो पार्टीले उपप्रधानमन्त्री श्रेष्ठ बनाउने निर्णय गरेको बताउँदै उनले कुन मन्त्रालय पाउने भन्ने बारेमा नयाँ सत्ता गठबन्धनको बैठकमा थाहा हुनेछ । ११ बजे सत्ता गठबन्धनको बैठक बस्दै छ ।
