हेटौंडाको एक घरमा आगोलागी, ७ लाखको धनमाल नष्ट

तु खबर संवाददाता
२०७९ पुष ८, शुक्रबार ०९:२२
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा बिहीबार राति करेन्ट सट भई एक घरमा आगोलागी भएको छ । बिहीबार राति साढे ११ बजेको समयमा स्थानीय ६० वर्षीय सुन कुमार तामाङको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आगोलागीबाट चौपया १ वटा गाईको अनुहार डढेको, अन्नपात (मकै, धान र चामल) लगायत तामाङको घर नजिकै रहेको जस्ताको छानो भएको गोठ पूर्ण रुपमा नष्ट हुँदा ७ लाख रुपैयाँ बराबरको धनजनको क्षति भएको छ ।

उक्त आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति १२ बजेर ५ मिनेटको समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगो लागि भएकोदेखि घर धनि सुन कुमार तामाङ बेहोस भई उपचारको लागी हेटौंडा अस्पताल पठाईएको जनाइएको छ ।