महेन्द्रराय यादवको शपथ भोलि हुने

तु खबर संवाददाता
२०७९ पुष ७, बिहीबार १६:१८

काठमाडौं । नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महेन्द्रराय यादवले प्रतिनिधि सभा सदस्य पदको शपथ भोलि लिने भएका छन् । उमेर विवादका कारण बिहीबार भएको शपथ ग्रहण कार्यक्रममा उनी सहभागी नभएका हुन्  ।

उनको नागरिकताको उमेर ८५ वर्षको रहेको छ भने वास्तविक उमेर ६६ वर्ष मात्र रहेको कारण संसद भवनमा सपथ लिन नगएका हुन् । उमेरमा विवाद भएको कारणले आफू नैतिकताको आधारमा संसद भवन नगएको बताउँदै अध्यक्ष यादवले नागरिकतामा भएको उमेरलाई सच्याउने प्रकृया सुरु गरेको बताए ।

उनले शुक्रबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराबाट शपथग्रहण गर्ने जानकारी दिए ।