दुर्घटनामा परेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष ६, बुधबार १७:३१

रुपन्देही । रुपन्देहीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्वर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारु रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुबै जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।