एमालेद्वारा राष्ट्रिय पोशाकमा शपथ लिन सर्कुलर जारी
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।
पुस ७ गते अर्थात बिहीबार हुने शपथ कार्यक्रममा सहभागी हुँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर जारी गरेको नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकरी दिए ।
‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो’, अधिकारीको भनाइ छ ।
नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना गरी ७८ सांसद निर्वाचित भएका छन् ।
ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ भोलि बिहीबार शपथ ग्रहण गराउँदैछन् ।
