हेटौंडामा करेन्ट लागेर एक जना घाइते

तु खबर संवाददाता
२०७९ पुष ६, बुधबार १६:०६
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा काभ्रेको चौरी देउरालि गाउँपालिका वडा नम्वर २ घर भएका २८ वर्षीय सोम प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएके छ ।

बिहान ८ः४० बजेको समयमा हेटौंडा–४ कर्रास्थितमा १२००० भोल्टको बिजुलीको पोलमा चडी सिबि नेटको तार जोडने क्रममा अचानक करेन्ट लाग्दा प्रधान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइते प्रधान उक्त नेटको कामदार हुन् । घाइते उनको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।