प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले मातृभाषामा शपथ लिन सक्ने

तु खबर संवाददाता
२०७९ पुष ५, मंगलवार १७:२३
file-photo

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिनसक्ने संघीय संसद सचिवालयले जनाएको छ ।

त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने छ ।

संघीय संसद सचिवालले मंगलबार जारी गरेको सूचनामा २ घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सांसदहरुलाई अनुरोध पनि गरिएको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेष्ठ सदस्यले सांसदहरुलाई शपथ गराउने तय भएको छ ।

शपथ ग्रहण कायर्यक्रम यही बिहीबार दिउँसो १ बजेदेखि सुरु हुने भएपनि नवनिर्वाचित सांसदहरुलाई ११ बजे नै प्रतिनिधि सभा बैठक कक्षमा पुग्न संसद सचिवालयले सूचित गरेको छ ।