टिपरको ठक्करबाट बालिकाको मृत्यु
सप्तरी । सप्तरी रूपनी गाउँपालिका राजविराज सडकखण्डको विधुत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपनी गाउँपालिका–१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो । बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलित छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
