यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०७९ पुष २, शनिबार ०८:४६
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६९ पैसा र बिक्री दर १६१ रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।