दुर्घटनामा परेर लामाको ज्यान गयो

तु खबर संवाददाता
२०७९ मंसिर २७, मंगलवार १५:३८

काठमाडौं । काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते छन् । उनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

प्रहरीले हाइस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।