दुर्घटनामा परेर सशस्त्र प्रहरी जवानको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २६, सोमबार ०९:३१

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आइतबार बिहान स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा परेर एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो ।

मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई चोभार गेटनजिकै ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका रतलालाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई कीर्तिपुर प्रहरी वृत्तले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।