सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला परेका छन् । महत शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक महत झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै उद्दार गरी उपचारको लागि ह्याम्स अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
महतको शव पोस्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो । पोस्टमार्टमपछि उनको शव परिवारले बुझेर दाहसंस्कारका लागि आर्यघाट लगिएको प्रहरीले जनाएको छ ।
