दुर्घटनामा परेर जिप चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २३, शुक्रबार ०९:३१
सांकेतिक तस्वीर

धनगढी । बैतडीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान पाटन नगरपालिका–१० डंसेलीमा से १ ज ८१६ नम्वरको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिप चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय जबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उक्त जिप डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो । जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ ।