कम्युटर एशोसियसन नेपाल महासंघ मकवानपुरको साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७९ मंसिर १७, शनिबार १७:०३

मकवानपुर । कम्युटर एशोसियसन नेपाल महासंघ (क्यान) मकवानपुरको १६ औं वार्षिक साधरणसभा शनिवार हेटौंडामा सम्पन्न भएको छ ।

कार्यक्रम क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाले हेटौंडालाई सूचना प्रविधिमैत्री बनाउन क्यानसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाइन् ।

क्यानले साधारणसभाको अवसरमा क्यान मकवानपुरका जेष्ठ सदस्य योगेश्वर बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

क्यान मकवानपुरका कार्यबहाक सचिव गोविन्द चौलागाईले संस्थाका गतिविधिहरू समेटिएको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्यानका केन्दीय सचिव चिरन्जिवि अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगर, क्यान मकवानपुरका संस्थापक अध्यक्ष नेत्रबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष श्यामकल श्रेष्ठ, दिपेन्द्र रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।