मकवानपुर सुमो दुर्घटना अपडेटः मृतकको सनाखत

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०८:०७

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा बुधबार दिउँसो भएको सुमो दुर्घटनामा परेर मृत्यु भएका पुरुषको सनाखत भएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा भारतको मथलोहियर बस्ने अन्दाजी ४० वर्षीय सबिर आलमएक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्वरको सुमो आफै अनियन्त्रित भई सडकदेखि २०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर ६ जना घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं टिचिङ अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।