हेटौंडाका मोक्तान मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ ईपास्थित गंगटे जंगलमा शुक्रबार एक जनाको शव फेला परेको छ । उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने २४ वर्षीय कृष्ण मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शुक्रबार ४ बजेको समयमा जंगलमा अन्दाजी ५०० मिटर तल खोल्सामा मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटी साँझ साढे ५ बजेको समय घटनास्थल पुगेको थियो । मोक्तानको अवस्था हेर्दा भिरबाट लडी मृत्यु भएको जस्तो देखिएको भएपनि घटनाको बारेमा पोष्टमार्टमको रिपोट आएपछि मात्रै थाहा हुने जनाएको छ ।
