हेटौंडाको एक ग्यारेजमा आगोलागी

तु खबर संवाददाता
२०७९ मंसिर १, बिहीबार ०७:५७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ सृजना पथस्थित श्रेष्ठ कन्ट्रक्सनको सवारी पार्किङ ग्यारेजमा बुधबार आगोलागी भएको छ ।

बुधबारर साँझ ८ बजेको समयमा अशोक श्रेष्ठले संचालन गरेको उक्त ग्यारेजमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उक्त लागोलागीबाट ग्यारेगमा रहेको बा ५ च २०५३ नं. को निसान कार, नम्वर नखुलेको भ्यान र ना ३८ प ३२५८ नम्वरको यमाहा स्कुटर जलि पुर्ण क्षति भएको छ ।

उक्त आगो प्रहरी नायव उपरीक्षकको कमाण्डमा नेपाल प्रहरी र म्यादी प्रहरी गरी ४० जनाको टोली र स्थानीयको सहयोगमा साढे ८ बजे नियन्त्रणमा आएको थियो । घर धनीको परिवार काठमाडौं बस्ने गरेको र उक्त स्थानमा पाले मात्र बस्ने गरेको बुझिएको छ ।