बिए पहिलो वर्षको नतिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ । लामो समयदेखि रोकिएको नतिजा त्रि.विले मंगलबार सार्वजनिक गरेको हो ।
नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.tuexam.edu.np/ मार्फत हेर्न सकिन्छ । परीक्षा नियन्त्रकले नतिजा प्रकाशित गरेपछि एक सूचना जारी गर्दै स्थगन र अनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराउन पनि भनेको छ ।
प्रमाणीकरण गराई मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न भनिएको छ ।
