मोटरसाइकलको ठक्‍करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २७, आईतवार १६:२२

काठमाडौं । काठमाडौंको थापाथली नजिक आज बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आज बिहान साढे ५ बजे कुसुवालाई ठक्‍कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०१९ प ३१९५ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर ठक्कर दिँदा कुसुवा गम्भीर घाइते भएका थिए । घाइते भएका उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ः१५ बजे मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेल घाइते भएका छन् । घाइते उनको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी वृत्त सिंहदरबारले मोटरसाइकल नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।