भीमफेदीको एक घरमा आगोलागी, एक जना घाइते
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ स्थित एक घरमा आगोलागी भएको छ । शुक्रबार राति ११ बजेको समयमा स्थानीय लालबाबु प्रजाको काठले बनेको २ तल्ले कच्चि घरमा एक्कासी आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, उक्त आगोलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुन, नगद, पशुपन्छी पुर्ण रुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनजनको क्षति भएको छ ।
उक्त आगोलागीमा परेर लालबाबुको छारी १९ वर्षीया रेजिना प्रजा घाइते भएकी छन् । उनलाई उपचारको लागि किर्तीपुर अस्पताल पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
