थप १६ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार १७:१३
file-photo

काठमाडौं । देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही समयमा कोरोना संक्रमणबाट १३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५६३ जना रहेका छन् ।