दुर्घटनामा परेर दुई जनाको मृत्यु
बुटवल । रुपन्देहीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–२ मा गएराति भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोध रहेका छन् । लु ५ प ९७३२ नम्वरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनामध्ये पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
