देशभर डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २१, सोमबार १७:२४
file-photo

काठमाडौं । नेपालमा डेंगु संक्रमितको कुल संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५० हजार नाघेको हो ।

गत साउन यता देशभर कूल डेंगु संक्रमितको संख्या ५० हजार २६३ पुगेको छ । यस्तै, उक्त संक्रमणका कारण हालसम्म ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभरका ७७ वटै जिल्लामा फैलिसकेको छ ।