मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
मकवानपुर । हेटौंडा–नारयणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ सुनाचुरीमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहान ४ बजेको समयमा झापाको काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ७९४३ नम्वरको रात्री बसले विपरित दिशातर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००३ प ४९३१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार, मृतक पुरुषको हाल सनाखत हुन सकेको छैन । प्रहरीले बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
