गाडी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु, ६ जना घाइते
जनकपुरधाम । धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्वरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ११ दिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक शिशु र घाइतेहरुको नाम र ठेगाना खुल्न सकेको छैन । उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटलमा भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
