घरको छतबाट खसेर बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १९, शनिबार १०:१९
file photo

वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । छतबाट खसेर वीरगञ्ज महानगरपालिका वडा नम्वर १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो ।

बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी थिईन् । गम्भीर घाइते उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो ।

नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एल.एस.न्युरो अस्पताल वीरगञ्जमा पठाइएको थियो । उपचारको क्रममा साँझ ५ बजे सजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बालिकाको शव पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको प्रहरीले जनाएको छ ।