मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार १६:०४

काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीया आस्था सुब्बा रहेका छन् ।

गत कात्तिक १५ गते सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको बाजबजारस्थित मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृत्तकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका घर भएका २४ वर्षीय मिलन रानालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।